बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

बिहीबार, १९ साउन २०७९, १५ : ४४
बिहीबार, १९ साउन २०७९

दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लमही नगरपालिका–६ देउपुरमा ट्याक्टरबाट खसेर आज स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।   ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान ट्याक्टरबाट खसेका हुन् । ट्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । बालुवा लिन गएको उक्त ट्याक्टरका चालकको  सवारी चालक अनुमतिपत्र पनि नभएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप