बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

बिहीबार, १९ साउन २०७९, १५ : ४१
बिहीबार, १९ साउन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । 

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । त्यसपछि आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न लागिएको हो । प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप