श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्धको म्याद थप
श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ ।
पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटावायलाई भने तत्कालिन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए । अदालतले यसअघि गत जुलाई २८ मा पनि अनुमति विना देश नछाड्न दुवै जनालाई आदेश दिएको थियो ।
यसैबीच अपराध अनुसन्धान विभागले मङ्गलबार तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका मध्ये एक जना १८ र एक जना २२ बर्षका रहेको खुलेको छ । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण सुरु भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ । संकट समाधानका विभिन्न प्रयास भएपनि ठोस उपलब्ध भने हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन