बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध

बिहीबार, १९ साउन २०७९, १४ : २४
बिहीबार, १९ साउन २०७९

पहिरोले  बिजुलीको पोल ढल्दा  बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । 

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे  सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले  बताए।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो  ।

सडक अवरुद्ध हुँदा बेंसीशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी  बेंसीशहरतर्फ र मनाङबाट बेंसीशहर आउँदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप