आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ३७ करोड रुपैयाँ

बिहीबार, १९ साउन २०७९, १४ : ११
बिहीबार, १९ साउन २०७९

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १८.४७ प्रतिशत बढी हो ।  आर्थिक वर्ष २०७७/७८ मा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै समीक्षा अवधिमा बैंकले २१.०८ प्रतिशतले ब्याज आम्दानी वृद्धि गर्दै ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार कमाएको छ भने सञ्चालन नाफा १९.५० प्रतिशतले वृद्धि गरेको छ । योसँगै बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । 

बैंकको रिजर्भ कोषमा पनि ४४.३६ प्रतिशतले सुधार हुँदै १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप