
मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

नेपाल सरकारले अगामी २०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले रातोपाटीलाई जानकारी दिए ।
सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ