शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोसहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध

बिहीबार, १९ साउन २०७९, १३ : ०४
बिहीबार, १९ साउन २०७९

बाढी र पहिरेका कारण  बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा आज बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए। सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।

अधिकारीले भने, “पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ । पोल हटाएपछि ढुङ्गा माटा हटाएर सडक सञ्चालन गरिने छ । पैँसट्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ ।” 

यता गए रातिदेखि अवरुद्ध डुम्रे बेँसीशहर सडक सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ देउराली डाँडामा पहिरोसँगै सडकमा खसेको लेदो हटाएर बिहान ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको उक्त कार्यालयले जनाएको छ । बयालीस ४२ किलोमिटर लामो उक्त  सडक हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा आवत आवतजावात हुँदै आएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप