शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर)

बिहीबार, १९ साउन २०७९, १२ : ५६
बिहीबार, १९ साउन २०७९

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीको  केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालय अगाडि दबाब मुलक बिरोध प्रदर्शन गरेको हो । 

आयल निगमले भने भारतबाट मूल्य घटेर आएपनि  निगमको घाटा कायमै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप