शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीका विद्रोही पक्षलाई प्रचण्डले भने–‘विद्यार्थीमा समानान्तर कमिटी चल्दैन, आ–आफ्नो जिम्मेवारीमा फर्किनुस्’

बिहीबार, १९ साउन २०७९, १२ : ५३
बिहीबार, १९ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका विद्रोही पक्षलाई बोलाएर समानान्तर कमिटी चल्न नसक्ने बताएका छन् । उनले अखिल क्रान्तिकारीमा अध्यक्ष पंञ्चा सिंह नै आधिकारिक लाइन भएकाले आफ्नो जिम्मेवारीमा फर्किएर काम गर्न पवन कार्की पक्षलाई आग्रह गरेका हुन् । 

गत बुधबार प्रचण्डले सिंह र कार्की पक्ष दुवै पक्षलाई खुमलटार बोलाएर छलफल गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले बताए । ‘अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चल्दैन । एउटै कमिटी हुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै रावलले भने, ‘तपाई (पवन कार्की) मेरो लाइनमा हुनुहुन्छ भने समानान्तर कमिटी बन्द गर्नुस् यसअघि तपाईंहरुको जहाँ तत जिम्मेवारी दिएको छ त्यसमा फर्किएर काम गर्नुस् भन्नुभएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष सिंहलाई कार्की पक्षको कारवाही फिर्ता लिएर संगठनमा काम गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।’  

अखिल क्रान्तिकारीमा विवाद ल्याउनेगरी समानान्तर कमिटी नचलाउन प्रचण्डले कडाइका साथ निर्देशन दिएको रावलले बताए । विद्यार्थी संगठनमा यो वा त्यो नाममा विवाद नझिक्न प्रचण्डले आग्रह गरेका छन् । अब छिट्टै प्रदेश र संघको चुनाव आउन लागेकाले विद्यार्थी संगठन एक ढिक्का भएर चुनाव प्रचारमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

खुमलटार छलफलमा प्रचण्डसहित इन्चार्ज हितमान शाक्य, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, विद्रोह गरेका पवन कार्की, विद्यार्थी विवाद समाधान कार्यदलका संयोजक रमेश मल्लसहित सदस्यहरुको समेत सहभागिता थियो । विद्यार्थी संगठनमा विवाद भएपछि मल्लको नेतृत्वमा पूर्व अध्यक्ष रत्न ढकाल र नरेन्द्र न्यौपाने सदस्य रहनेगरी स्थायी समिति बैठकले कार्यदल बनाएको थियो । कार्यदलले समेत अध्ययन गरेर प्रतिवेदन समेत बुझाइसकेको छ । कार्यदलले समेत अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चल्न नसक्ने सुझाव दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप