अष्ट्रेलियाका लागि कतिमा बिक्री भयो ‘कृष्ण–लीला’ ?
३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण–लीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । फिल्मको राइट अष्ट्रेलीया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा भएको थियो ।
दीपक ओली निर्देशित फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । श्रेष्ठले फिल्मको अष्ट्रेलीया राइट महंगो रकममा बिक्रि गरिएको जानकारी दिए । ‘रकम नखुलाउ होला,’ उनले भने, ‘अपेक्षाभन्दा बढी मूल्यमा बेचेका छौ ।’ उनले फिल्मको अन्य देशमा पनि धमाधम बिक्री भइरहेको बताए ।
फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगले भन्यो– चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनु
-
एम्बुलेन्समा लागुपदार्थ कारोबार
-
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : मन्त्री पौडेल
-
मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध