अमेरिकाले यसरी बनायो अल कायदाका नेता जवाहिरीलाई निशाना, नजिकै बसेका श्रीमती–छोरी सुरक्षित

person explore access_timeसाउन १९, २०७९ chat_bubble_outline0

३१ जुलाईमा सूर्योदय भएको केही घण्टा मात्रै भएको थियो होला जब अल–कायदाका नेता अयमन अल–जवाहिरी टहल्दै बालकोनीमा आए ।


काबुलको एक मुख्य इलाकामा अवस्थित यो घरमा बसिरहेका इजिप्टका यी चर्चित जिहादीलाई यो मनपर्ने स्थल थियो । उनी बिहानको नमाजपछि धेरैजसो बालकोनीमा आउने गर्दथे ।



तर पछिल्लो आइतबार उनले यहि काम अन्तिमपटक गर्न सके । स्थानीय समय अनुसार ठिक ०६ः१८ मा, दुईवटा मिसाइल बालकोनीमा खसे, विस्फोट भयो, जसमा ७१ वर्षीय जवाहिरीको मृत्यु भयो ।



तर भित्र भएका जवाहिरीकी श्रीमती र छोरीलाई भने छिसिक्क पनि भएन । हमलामा जे जति क्षती भए त्यो बालकोनीमा मात्रै भयो ।

त्यसोभए यो आक्रमण कसरी यति सटिक भयो ? यसअघि थुप्रैपटक यस्ता हमला भए जब अमेरिकाले हमला गर्दा निशाना चुकेको वा गल्ती भएको जसका कारण सर्वसाधारण मारिएका थिए । यसका लागि थुप्रै पटक हंगामासमेत भयो ।

तर जवाहिरीमाथिको आक्रमणको सन्दर्भमा, जसरी मिसाइलको प्रयोग भयो र जसरी जवाहिरीको बानीमाथि निकै नजिकबाट निगरानी राखियो र त्यसको अध्ययन गरियो, त्यसै कारण यस्तो सटिक हमला हुनसक्यो र भविष्यमा पनि यस्तै खालका हमला हुनसक्ने सम्भावना छ ।

लेजर प्रविधि

अमेरिकाले आक्रमणमा प्रयोग गरेको मिसाइलको प्रकार सबैभन्दा महत्त्वपूर्ण हो । अमेरिकी अधिकारीहरूका अनुसार यो हेलफायर मिसाइल थियो  जुन ड्रोनबाट प्रहार गरिएको थियो ।

यो हावाबाट सतहमा मार हान्ने मिसाइल हो जुन सेप्टेम्बर २००१ को हमलापछिको दशकमा विदेशमा अमेरिकाको आतंकवाद–विरोधी अभियानको एउटा नियमित हिस्सा बनिसकेको छ ।

यी क्षेप्यास्त्र धेरै स्थानबाट प्रहार गर्न सकिन्छ, कहिले हावामा हेलिकोप्टर वा हवाईजहाजबाट, त कहिले जमिनमा कुनै सवारी साधनबाट, कहिले समुद्रमा कुनै जहाजबाट वा जवाहिरीको मामिलामा मानवरहित ड्रोनबाट ।

यो त्यही मिसाइल हो जसमार्फत् सन् २००० मा बगदादमा इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्या गरिएको थियो ।

सन् २०१५ मा सिरियामा इस्लामिक स्टेटका बेलायतमा जन्मेका खतरनाक अतिवादी ‘जिहादी जोन’ लाई मार्न पनि यही मिसाइल प्रयोग गरिएको थियो ।

हेलफायर मिसाइलको बारम्बार प्रयोग हुनुको मुख्य कारण यसको सटिकता हो, अर्थात् यसले ठ्याक्कै लक्ष्यमा प्रहार गर्छ ।

जब ड्रोनबाट कुनै मिसाइल प्रहार गरिन्छ तब यसलाई चलाउने अपरेटर कतै टाढा एसी भएको कोठामा बसिरहेका हुन्छन्, अमेरिकामा समेत बसिरहेका हुनसक्छन् । उनीहरुले लक्ष्यको लाइभ भिडियो स्ट्रिमसमेत हेरिरहेका हुन्छन् जुन ड्रोनमा राखिएको क्यामरामा राखिएको सेन्सर्स स्याटलाइट मार्फत् पठाइरहन्छन् ।

क्यामरा अपरेटर स्क्रिनमा राखिएको ‘टारगेटिङ ब्राकेट्स’ को प्रयोग गरेर लक्ष्यलाई ‘लक’ गर्ने गर्छन् र त्यसतर्फ एउटा लेजर किरण फ्याँक्छ ।

यसपछि मिसाइल प्रक्षेपण हुने बित्तिकै लेजर हुँदै सिधै लक्ष्यमा ठोक्किन्छ ।

ड्रोन सञ्चालन गर्ने टोलीका अगाडि स्पष्ट दिशानिर्देश हुन्छन् र कुनै पनि कदम उठाउनका लागि उनीहरुले त्यो पालना गर्नुपर्ने हुन्छ ताकि यसमा सर्वसाधारण मारिन नपरोस् ।

यसअघि अमेरिका र सिआइएले जे जति हमला गरेका छन्, त्यसमा हमलाको आदेश दिँदा पहिला सेनाका वकिलसँग परामर्श गरिँदै आएको थियो ।

यस्ता खालका अभियानका विशेषज्ञ र सायराक्युस युनिभर्सिटी इन्स्टिच्युट फर सिक्योरिटी पोलिसी एन्ड ल का संस्थापक प्राध्यापक विलियम बैंक्सका अनुसार अधिकारीलाई सर्वसाधारण मारिने जोखिम र जसलाई निशाना बनाइएको छ त्यसको महत्वबीच सन्तुलन बनाउनु पर्छ ।

उनी भन्छन्, ‘जवाहिरीमाथि भएको हमला, यो प्रक्रियाको एक ‘आदर्श प्रयोग’ प्रतित हुन्छ ।’

प्राध्यापक बैंक्स भन्छन्, ‘यस्तो लाग्छ कि उनीहरु जवाहिरीलाई लक्ष्य बनाउनका लागि स्थान र समय छान्ने विषयमा निकै सावधान थिए । उनलाई मात्रै निशाना बनाउन र अरु कसैलाई पनि केही हानी नहोस् भन्ने कुरामा उनीहरुको बढी ध्यान केन्द्रीत थियो ।’

जवाहिरीमाथिको आक्रमणको बारेमा भनिएको अर्को कुरा के हो भने अमेरिकाले हेलफायर मिसाइलको एउटा यस्तो प्रकारको प्रयोग गरेको छ जसबारे धेरैलाई थाहा छैन । आर नाइन एक्समा ६ ब्लेड हुन्छन् जसले काइनेटिक एनर्जीको प्रयोग गरेर लक्ष्यलाई मार हान्ने गर्छ । यद्यपि, यसको पुष्टि भने हुन सकेको छैन ।

सन् २०१७ मा, अल कायदाका अर्का एक नोता र जवाहिरीको मातहत काम गर्ने एक सहयोगी अबु खैर अल(मसरीलाई सिरियामा आरनाईएक्स फेलफायरमार्फत नै मारिएको विश्वास गरिन्छ ।

आक्रमण पछि अल-मासरीको गाडीको लिइएको तस्बिरले के थाहा हुन्छ भने मिसाइलले गाडीको छतमा एउटा प्वाल पारेको थियो र भित्र बसेका मानिसमाथि आक्रमण गरेको थियो । तर न त कुनै बिस्फोट भयो न नै गाडीलाई केही हानी नै भयो ।

जवाहिरीको बालकनीमा जाने बानीमाथि अमेरिकाले नजर राखेको थियो

काबुलमा हमला गर्नुअघि अमेरिकाले के–कस्ता गुप्तचर जानकारी सङ्कलन गरेको थियो, त्यसको विवरण आउन बाँकी नै छ ।

यद्यपि, आक्रमणपछि अमेरिकी अधिकारीले दिएको जानकारी अनुसार उक्त घरमा जवाहिरीको जीवनशैलीको विषयमा पर्याप्त जानकारी थियो जस्तै कि उनको बालकोनीमा जाने बानीबारे पनि उनीहरु अवगत थिए ।

यसबाट यस्तो लाग्छ कि अमेरिकी जासुसले यो घरमा महिना दिनसम्म नभएपनि कम्तीमा केही हप्तासम्म निगरानी गरिरहेका थिए ।

सीआईएका एक पूर्व वरिष्ठ अधिकारी मार्क पोलिमेरोपोलोसले बीबीसीसँगको कुराकानीमा आक्रमण अघि विभिन्न खालका गोप्य जानकारी प्रयोग गरेको हुनसक्छ जसमा जमिनमा भएका जासुसबाट प्राप्त जानकारी समावेश छन् ।

केही अन्यले यो पनि अनुमान गरेका छन् कि अमेरिकी ड्रोन वा विमानहरूले पालैपालो गरी हप्ता वा महिनौँसम्म त्यो स्थानलाई निगरानी गर्छन् जुन जमिनबाट न त देख्न सकिन्थ्यो न सुन्न नै ।

मार्क पोलिमेरोपौलोसले भने, ‘आफूले सोचेका व्यक्ति तिनै हुन् भनेर निश्चित गर्नका लागि तपाईंलाई पूर्ण रूपमा ठोस जानकारी चाहिन्छ र हमलामा कोही पनि सर्वसाधारण नमारिउन् भनेर सुनिश्चित पनि गर्नुपर्ने हुन्छ ।’

‘यसका लागि अत्यधिक धैर्यताको आवश्यकता पर्छ ।’

जवाहिरी भन्छन्, ‘हामी यसमा माहिर छौँ । यो यस्तो चिज हो जसमा पछिल्लो २० वर्षमा अमेरिकी सरकार निकै राम्रो भएको छ । ’

यद्यपि, यस्तो खालको अभियानमा सबैकुरा योजनाबद्ध हिसाबले हुँदैन । २९ अगस्ट २०२१ मा, काबुल हवाई अड्डा नजिकै एउटा ड्रोन हमलामा, निशाना इस्लामिक स्टेटको एक स्थानीय इकाईलाई बनाइएको थियो तर यसको साटो १० निर्दोष मारिए । अमेरिकी रक्षा मन्त्रालयले पछि एउटा ‘भारी गल्ती’ भएको स्वीकार गरेको थियो ।

अमेरिकाको ड्रोन हमलामा थुप्रै वर्षदेखि निगरानी राखिरहेका एक जानकार, फाउन्डेशन फर डिफेन्ड अफ डेमोक्रेसिजका एक वरिष्ठ फेलो बिल रोगियोले पहिलाको अभियानको तुलनामा जवाहिरीमाथि भएको हमला असाध्यै मुश्किल भएको बताए । उनका अनुसार हमला भएको आसपासको स्थानमा न त अमेरिका थियो न नै उनका सहयोगी ।

उदाहरणका लागि, पहिला थुप्रै यस्ता ड्रोन हमला पाकिस्तानमा भए र ती अफगानिस्तानबाट दागियो । यस्तै, सिरियामा जुन हमला भए ती इराकबाट दागियो ।

बिल रोगियो भन्छन्, ‘ती स्थानमा अमेरिकाका लागि पुग्न निकै सहज थियो । जमिनमा उनका मानिसहरु थिए । तर यो निकै मुश्किल थियो । अफगानिस्तानबाट अमेरिका बाहिर निस्किएपछि अल–कायदा वा इस्लामिक स्टेटमा गरिएको यो पहिलो हमला थियो । यो सामान्य कुरा होइन ।’

के यस्तो दोहोराएर होला ?

बिल रोगियोले भने, ‘यदि अफगानिस्तानमा अल–कायदाविरुद्ध यस्तै हमला भयो भने मलाई अचम्म लाग्दैन । यस्ता मानिसको कुनै कमी छैन ।’

बीबीसी

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।