आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ओलीसँग संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्छ : रामकुमारी झाक्री

बिहीबार, १९ साउन २०७९, १२ : ०९
बिहीबार, १९ साउन २०७९

नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्ने बताइन । संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल हुँदाहुँदै ओली सरले २ पटक संसद विघटन गरेपछि पार्टीमा विद्रोह गरेकाले समयमै संसदीय चुनाव हुनुपर्ने झाक्रीले जिकिर गरिन् । 

‘चुनाव आज घोषणा हुनसक्छ । त्यो पनि मंसिर ४ गते घोषणा हुनसक्छ । चुनाव फागुनमा सार्नु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै झाक्रीले भनिन्,  ‘हामी संवैधानिक प्रश्न गरेर ओली सरको पार्टीलाई भोट नहालेर त्यो पार्टीबाट विद्रोह गरेको नेता हौ । चुनाव फागुनमा सार्ने कुरा हुँदैन ।’ नयाँ संविधान जारी गर्ने बेलाको संक्रमणिकालीन अवस्था भएकाले सपथ ढिला भएकाले त्यसलाई प्रश्न बनाउन नहुने उनको भनाई छ । आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओली हुँदा विश्वासको मत दिँदा विद्रोह गरेकाले संविधानभन्दा बाहिर कोही जान नमिल्ने बताइन् ।

पार्टीका आधार बमोजिम प्रदेश र प्रतिनिधिसभामा सीट संख्या दाबी गर्ने झाक्रीले बताइन् । ‘हाम्रो पार्टी अध्यक्षज्यूले समानुपातिकमा २० देखि २५ प्रतिशत सीट आउँछ भन्नुभएको छ । त्यो स्थानीय तहको मत हेरेर आकलन गर्नुभएको छ’ झाक्रीले भनिन्  ‘हाम्रो साइज अनुसार माग गर्दछौ । पार्टीमा छलफल गरेर सीट दाबी गर्छौ । गठबन्धनको समझदारी बमोजिम प्रदेश र संघमा भागवण्डा हुनुपर्छ ।’ स्थानीय तहमा भागवण्डा गर्दा प्राप्त छलफल नभएकाले राम्रोसँग तालमेल नभएको बताउँदै झाक्रीले अब हुन चुनावमा प्रयाप्त छलफल गरेर मात्रै भागवण्डा गर्नुपर्ने बताइन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप