कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो
बिहीबार, १९ साउन २०७९, ०९ : ५८

पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन ।
सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआए पछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।
सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम वस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन ।
उनका अनुसार अविरल तथा तीव्र बहावका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार