यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
बिहीबार, १९ साउन २०७९, ०८ : ००
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार ३३५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २३४ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ६५ रुपैयाँ, कागती २३३ रुपैयाँ ३३ पैसा, कुरिलो ५०० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।