अमेरिकी सिनेटद्वारा स्वीडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने प्रस्ताव पारित
बिहीबार, १९ साउन २०७९, ०७ : ५२
अमेरिकी सिनेटले स्वीडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेशमा अनुमोदन गरेको छ । युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ ।
दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली थिए । वासिंगटनले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।
फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशमा एकताको संकेत देखिएको सिनेट लिडर चुक सुमरले बताए । ‘पुटिनले युक्रेनमा आफ्नो युद्धलाई पश्चिमलाई विभाजित गर्न प्रयोग गर्ने प्रयास गरेका छन् । बरु, आजको मतदानले हाम्रो गठबन्धन पहिलेभन्दा बलियो भएको देखाउँछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने