नियम मिचेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

प्रतिनिधि सभा नियमावलीको प्रावधान विपरीत राज्य व्यवस्था तथा सुशासन समिति बैठक सञ्चालन भएको छ। समिति सभापति रिक्त भएपछि पुन बैठक बसेको एक महिनाभित्र सभापति चयन गर्नुपर्ने नियमावलीको प्रावधान बेवास्ता गरेर बैठक सञ्चालन भएको हो।
२०७८ असोज २२ गतेदेखि राज्य व्यवस्था सभापतिविहीन छ। लामो समयको रिक्ततापछि गत असार १५ गते ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेको सभापतित्वमा बैठक बसेको थियो। नियमावलीको प्रावधानअनुसार साउन १५ गतेभित्र सभापति चयन हुनुपर्‍यो तर सभापति चयन नगरी ज्येष्ठ सदस्यकै सभापतित्वमा बुधबार बैठक सञ्चालन गरिएको छ। राजनीतिक दलबीच सभापति को हुने भन्नेमा सहमति नहुँदा चयन प्रक्रिया नै रोकिएको छ। प्रमुख प्रतिपक्ष दलले लेखा समिति सभापति माग गरेर बैठक बहिस्कार गरिरहेको छ तर लेखा, राज्य व्यवस्थालगायतमा सभापति चयनको राजनीतिक प्रक्रिया प्रारम्भ भएको छैन। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत