विशेषज्ञ वडा क्लिनिकबाट १८२ जनाले लिए उपचार सेवा
धनगढी उपमहानगरपालिकाले आज सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा एक सय ८२ ले उपचार सेवा लिएका छन् ।
उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकमा जनरल फिजिसियनबाट एक सय ३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
त्यसैगरी प्रयोगशाला सेवा लिने सेवाग्राहीको सङ्ख्या ११ जना र अल्ट्रासाउण्ड सेवा लिने सेवाग्राहीको सङ्ख्या ३३ रहेको छ । इसिजी सेवा १८ जनाले लिएका छन भने ७० वर्षमाथिका सेवाग्राही सङ्ख्या ४३ जना रहेको बताइएको छ ।
धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ । उपमहानगरपालिकाका आमजनताले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
क्लिनिकबाट प्रत्येक महिना तालिकाअनुसार उपमहानगरपालिकाका १९ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । वडा क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख ५० हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने र उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय