बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ म्युचुअल फण्ड निष्काशन गदै

बुधबार, १८ साउन २०७९, २० : ००
बुधबार, १८ साउन २०७९

लक्ष्मी क्यापिटलले बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि  ‘शुभ लक्ष्मी कोष’ नामक  खुल्लामुखी  म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप