संविधान बमोजिम आवधिक निर्वाचन फागुनमा हुनुपर्छ : गुरुङ
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधान बमोजिम आवधिक निर्वाचन फागुनमा हुनुपर्ने बताए । रातोपाटीसँग गुरुङले राष्ट्रिय सभाको कार्यकाल फागुन २० गतेलाई आधार बनाई कानुन बनाएकाले प्रतिनिधिसभाको अवधि समेत प्रधानमन्त्रीले सपथ गरेको समयलाई आधार बनाउनुपर्ने बताए ।
‘संसदको अवधि जुन दिनदेखि सपथ ग्रहण भएको छ त्यति बेलादेखि काउन्ट हुन्छ । राष्ट्रियसभाले फागुन २० गते सपथ ग्रहण गराएको समय बनाएर कानुन बनाई सकेको छ । त्यसै अनुसार राष्ट्रिय सभाको कार्यकाल बनाएको छ’ रातोपाटीसँग गुरुङले भने, ‘एउटा सभाको एउटा व्यवस्था हुने अर्कोको अर्कै हुने भन्ने हुँदैन । संवैधानिक रुपमा प्रतिनिधिसभाको कार्यकाल फागुनमै हुनुपर्छ ।’ २०७४ सालको चुनाव भएकै चरणलाई मान्दा पनि दुविधा रहेको गुरुङले बताए ।
‘चुनाव भएकै कुरा गर्ने हो भने पहिलो चरणमा भएकोलाई मान्ने हो कि दोस्रो चरणमा भएकोलाई मान्ने भन्नेमा दुविधा छ । समानुपातिक सांसदले प्रमाणपत्र पाएकोलाई मान्ने हो भने कानुन बनाउनु प¥यो । संसदको पुरा कार्यकाल कहिलेसम्म हुने भन्ने विषयमा ऐन कानुन केही छैन’ गुरुङले भने, ‘पार्टीको जोड फागुनमा चुनाव हुनुपर्छ वा पर्दैन भन्ने भन्दापनि संविधान र कानुनको पालना गर्ने वा नगर्ने भन्ने छ ।’ निर्वाचन आयोगले मनपरी ढंगले चुनाव गर्ने मिति घोषणा गर्न नपाउने गुरुङले बताए ।
‘निर्वाचन आयोगले मन लाग्दी ढंगले मिति घोषणा गर्छ । आयोगलाई कुनै कानुन संविधानको मतलव छैन, जे भनेपनि भयो । उल्टै कानुन र संविधान उल्लङ्घनतिर उद्धत छ’ गुरुङले भने, ‘राजनीतिक दलहरुबीच समझदारी भएमा मंसिर वा अन्य कुनै महिनामा चुनाव हुन सक्ने भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण