‘नवौं खेलकुदमा गण्डकी प्रदेशका खेलाडी र संघलाई समेट्नुपर्छ’
पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशका खेलाडी र खेल संघको भूमिका हुनुपर्ने बताएको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघका खेलाडी र संघले गुनासो गरेका छन् ।
दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघ संस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ । कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रञ्जन थापाले देश संघीय संरचनामा गएपनि खेलका संघ संस्थाहरु त्यहीँ अनुसार चल्न नसकेको बताए ।
‘प्रदेशको राजधानी हुने प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उप समितिको संयोजक तोकेको छ । खेलकुदमा केन्द्रीकृत मानसिकता हाबी भयो,’ उनले भने । त्यस्तै बक्सिङका पूर्व खेलाडी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नु पर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरूको अनुभवका आधारमा काम गर्नु पर्नेमा जोड दिए ।
‘प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघ संस्थालाई कुनै न कुनै भूमिका दिनुपर्छ । अनि मात्र सबैको सहभागिताको आभास हुन्छ,’ उनले भने । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भएपनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो गरे ।
‘म कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष हुँ । मलाई कुनै जिम्मेवारी नै छैन् । अझ त मलाई कुनै प्रतियोगिताको तयारी भएको विषयमा पनि जानकारी छैन्,’ उनले भने । यस्तै नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले नेपालका खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हुँदा सबैको सहभागिता जरुरी भएको बताए ।
कार्यक्रमा पूर्व भलिबल खेलाडी हरी पराजुली, नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष बसन्त थकाली, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जयराम खनाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले सबैको सहभागिताको माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा