आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बुधबार, १८ साउन २०७९, १९ : २७
आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुधबार सेवाग्राहीसँग तीस हजार घुस रकमसहित रंगेहात पक्राउ परेकी कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग तीस हजार घुस लिएको रकमसहित कार्यकक्षबाटै पक्राउ परेकी प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै