शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३० हजार घुससहित आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत पक्राउ

बुधबार, १८ साउन २०७९, १८ : ३०
बुधबार, १८ साउन २०७९

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप