ट्राफिक प्रहरीको चेकिङमा कडाई, एकैदिन २६३ सवारी चालक कारवाही
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले होल्ड समेत गरेको छ ।
आरक्षण सिटको कार्यान्वयन नगर्ने ३९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने ५ ओटा माइक्रो र ३४ ओटा बसका चालकलाई कारबाही गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण