शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेता र कर्मचारीको पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो : मन्त्री चौधरी

बुधबार, १८ साउन २०७९, १८ : ०२
बुधबार, १८ साउन २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताए । ‘नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ मन्त्री चौधरीले भने । 

सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताउँदै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गरे । मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले हासिल गरेको प्रगतिलाई थप बढाउँदै लैजान अधिकारीहरुलाई निर्देशन दिएका थिए । उनले मुलुक निर्माणका लागि राष्ट्र सेवक कर्मचारीले नयाँ मानसिकताका साथ काम गनुपर्ने बताए ।   

मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुले तीन दिनसम्म गत आवको प्रगति विवरण तथा आगामी कार्यक्रम कार्यान्वयनबारे छलफल गर्ने कायर्यक्रम रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप