बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रममा भ्रष्टाचार, प्रदेश सचिवसहित  १० जनाविरुद्ध मुद्दा

बुधबार, १८ साउन २०७९, १२ : ००
बुधबार, १८ साउन २०७९

मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रम’मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसालसहित  १० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सो कार्यक्रममा १० करोड बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ । 

साइकल खरिदमा ब्राण्ड नै नखुलेको सस्तो साइकल दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।  अख्तियार स्रोतका अनुसार अहिले अदालतमा मुद्दा दर्ताका लागि रुजु हुँदै गरेको छ । दुईवटा मुद्दा दर्ताको प्रकृयामा रहँदा एउटा मुद्दामा ६ जना र अर्को मुद्दामा ४ जनाविरुद्ध मुद्दा दर्ता हुने प्रक्रियामा रहेको अख्तियार स्रोतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप