आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तरकारीको बोरामा लुकाएर सर्लाहीबाट काठमाडौंमा लागुऔषध ओसारपसार

बुधबार, १८ साउन २०७९, १७ : ०६
बुधबार, १८ साउन २०७९

लागु औषध कारोबारीले तरकारीको बोरामा लुकाएर लागुऔषध कारोबार गर्ने गरेको थाहा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले जडिबुटीबाट ३ जना र उपत्यकाका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको छ । आरोपीहरुबाट ब्यूरोले १ हजार १८० बोतल डाइलेक्स डिसी बरामद गरेको छ । 

पक्राउ पर्नेमा सर्लाही घर भएका २१ वर्षीय विपिन कुशवाह, रौतहट घर भएका २५ वर्षीय सुभाष राययादव र सर्लाही घर भएका १९ वर्षीय मोहमद आसफाक आलम छन् । उनीहरुले प्रदेश–२–०३–००१ च २५०९ नम्बरको गाडीमा तरकारीको बोरामा लुकाएर लागुऔषध ल्याएको ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । 

साउन ८ मा प्रहरीले ताप्लेजुङ घर भएकी ३३ वर्षीय तुलसा खड्कालाई इमाडोलबाट पक्राउ गरेको थियो । उनको साथबाट ६ बोतल डाइलेक्स डिसी र नाइट्राभेट लगाएका ड्रग्स बरामद गरिएको छ । 
पक्राउ पर्नेमा रौतहट घर भएका ४६ वर्षीय किशोर चौलागाईं, सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय मानबहादुर तामाङ र सर्लाही घर भएका ३५ वर्षका बुद्ध बहादुर बम्जन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप