फिल्म क्षेत्रको विकासमा राज्यले सहयोग नगरेको भुवनको गुनासो
बुधबार, १८ साउन २०७९, १६ : ४०
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रकै हितका खातिर आफु बोर्डमा आएको बताएका छन् । नेपाल चलचित्र संघ (फिल्म प्रदर्शकहरुको छाता संस्था) ले बुधबार आयोजना गरेको आफ्नै स्वागत कार्यक्रममा उनले फिल्म क्षेत्रको विकासका लागि राज्यले सहयोग नगरेको आरोप लगाए । केसीले आफ्नो कार्यकालमा फिल्म उद्योगलाई विश्वभर पुर्याउने र फिल्म क्षेत्रमा देखिएको समस्या समाधान गर्ने धारणा राखे ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू नकिम उद्दिन र प्रदीपकुमार उदयले फिल्मको विकासमा सरकार गम्भीर नभएको गुनासो गरे । गत साता बोर्ड अध्यक्षमा नियुक्त भएपछि भुवनको केही दिनयता व्यस्तता सम्मान र बधाई खानमा बढेको छ । एकातिर संघ–संस्थाले उनलाई सम्मान गरिरहेका छन् भने अर्काे तिर सामाजिक सञ्जालमा उनको नियुक्तिको चर्काे आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ