एसिया कपका लागि पाकिस्तानको टोली घोषणा
बुधबार, १८ साउन २०७९, १६ : ३७
बाबर आजमको कप्तानीमा पाकिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । अगस्ट २७ बाट हुने एसियाकपका लागि पाकिस्तानले बाबरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
पाकिस्तान एसिया कपको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली छन् । कुवेत, हङकङ र सिंगापुरमध्ये एक टोली यस समूहमा रहने छन् ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे