बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली यू–२० फुटबल टोली भोलि स्वदेश फर्कने

बुधबार, १८ साउन २०७९, १६ : ३३
बुधबार, १८ साउन २०७९

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि बिहीबार स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको हाे ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप