शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीमा बाढी : जोखिमपूर्ण स्थान छाडेर सुरक्षित स्थानमा जान मुख्यमन्त्रीको आह्वान

बुधबार, १८ साउन २०७९, १६ : २५
बुधबार, १८ साउन २०७९

सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा बराहक्षेत्र र बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्लेख गरेका हुन् । 

एक प्रेस नोटमार्फत मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् । उनले नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन गरेका छन् । 

तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभिन्न सामाजिक संघसंस्था  सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं. १ सरकार प्रतिवद्ध रहेको बताएका छन् । मुख्यमन्त्री राई अहिले कोभिड–संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप