सप्तकोशीले पुरानै धार समात्न खोज्दा वस्ती प्रभावित
सप्तकोशी नदीले पुरानै धार समात्दा मानववस्तीहरू प्रभावित बन्न पुगेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा सुनसरीको बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए ।
स्थानीयका अनुसार सप्तकोशी नदीले पुरानै धार समातेर वस्तीतर्फ मोडिएको हो । २०४५ साल वा सोअघि सप्तकोशी नदी डुम्रिबोट हुँदा भागलपुतर्फ बग्ने गरेको थियो । तर, पछि भागलपुरभन्दा वरैबाट सिधा सप्तकोशी बग्दै आएको थियो । गएरातिदेखि भने कोशी नदीको एउटा भंगालो पसेर पुरानै धारतर्फ बग्न थालेको स्थानीयवासीले बताए ।
बराह नगरपालिका वडा नम्बर ६ का स्थानीय मनोज प्रधानले भने, ‘अहिले फुटेर गएको एउटा भंगालो कोसीको पुरानो धार हो । चिलियाटप्पुतर्फ बाढी पसेकाले सेना, प्रहरी र स्थानीयले अहिले उद्दार गरेर सार्दैछन् ।’ उनले ३२ सालदेखि धार परिवर्तन भएर बराह नगरपालिकातर्फ सरेको बताए । उनले कटान भइरहेको स्थान बेलका नगरपालिका दुम्रिबोटे भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण