बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ अंकले घट्यो नेप्से, तर कारोबार बढ्यो

बुधबार, १८ साउन २०७९, १६ : ३४
बुधबार, १८ साउन २०७९

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ६.७२ अंकले घट्दै नेप्से सूचक २१ सय ८६.७६ अंकमा झर्न पुगेको हो । 

तर, यस दिन सूचक घटेपनि यता कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेका अनुसार ६ अंकमाथिले घटेको बजारमा आज ४ अर्बमाथिको कारोबार भएको छ । अघिल्लो दिन २.७६ अंकले घटेको बजारमा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

आज १३ वटा उपसूचक मध्ये चार वटा बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । ट्रेडिङ समूहको उपसूचक ३.८१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.६४ प्रतिशतले, म्युचुअल फन्ड समूहको उपसूचक ०.२२ प्रतिशतले र माइक्रोफाइनान्स समूहको उपसूचक ०.१५ प्रतिशतले बढेको छ । 

यता, अन्य ९ वटा उपसूचकहरू १ प्रतिशतभन्दा कम दरले घटेका छन् । यस दिन एक दर्जन कम्पनीहरूको सेयर मूल्यमा ५ प्रतिशतमाथिले वृद्धि भएको छ भने तीन वटा कम्पनीका सेयर धनीहरूले तीन प्रतिशत भन्दा माथिले नै गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप