प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश
एक युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैया दिन चिनियाँ अदालतले आदेश दिएको छ । उनीहरुको सम्बन्ध कानुनको नजरमा वैधानिक नभएको बताउँदै ती युवतीलाई ३.७९ मिलियन युआन (५६०,००० डलर) क्षतीपूर्ति स्वरुप प्रेमीकी श्रीमतीलाई दिन भनिएको हो ।
हालै चीनकी एक महिलाले आफ्ना श्रीमानकी प्रेमिकालाई सम्बन्ध रहँदाका बेला दिएका सबै भौतिक सम्पत्ति फिर्ता गरिदिन भन्दै मुद्दा हालेकी छिन् । अदालतले महिलाको पक्षमा फैसला सुनाउँदै प्रेमिकालाई श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको छ ।
अडिटी सेन्ट्रलका अनुसार उत्तरपूर्वी चीनको लिओनिङस्थित भुआङहेको जन अदालतले जारी गरेको कागजात अनुसार वादी, ली उपनामकी महिला र उनका श्रीमान् वाङ सन् १९९१ देखि वैवाहिक सम्बन्धमा थिए । सन् २००८ मा वाङले अर्की महिलासँग विवाहेत्तर सम्बन्ध सुरु गरे । ती महिलाको पहिचान लुकाइएको छ र उनलाई जियाओजिया आई नाम दिइएको छ । केही वर्ष अघि लीले आफ्ना श्रीमानको बाहिरको सम्बन्धबारे थाहा पाएपछि उनले ती महिलालाई नियमित रुपमा पैसा पठाउँदै आएको थाहा पाइन् ।
जियाओजियाले वाङ विवाहित भएको थाहा नभएको र वर्षौँदेखि वाङबाट प्राप्त रकम बाल समर्थनमा गएको तर्क पेश गरिन् । तर अदालतले उक्त मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको बताउँदै श्रीमतीको समर्थन गर्यो । चिनियाँ कानुनले विवाहित जोडीमध्ये कुनै एक पक्षले अर्काको सहमतिबिना साझा सम्पत्ति खर्च गर्न नपाउने बताउँछ । लीले वाङको उपहारका लागि आफ्नो स्वीकृति नदिएको बताउँदै जियाओजियाले कूल ३.७९ मिलियन युआन प्रेमीकी श्रीमतीलाई फिर्ता गर्नुपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर