बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पक्राउ पुर्जी जारी गरेर राज्यले द्वन्द्वतिर धकेल्न खोज्यो : हेमन्तप्रकाश ओली

बुधबार, १८ साउन २०७९, १६ : ००
बुधबार, १८ साउन २०७९

नेकपा बहुमत पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले ललितपुर जिल्ला अदालतले प्रतिबन्धको अवधिको विषयलाई लिएर पक्राउ पुर्जी जारी गरेर राज्यले द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् । ललितपुर जिल्ला अदालतले नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’  प्रवक्ता खड्गबहादुर विश्वकर्मा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि बहुमतका प्रवक्ता ओलीले आपत्ति जनाएका हुन् ।

‘हामीले बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा प्रधानमन्त्री गृह मन्त्रीसहित सत्तारुढ दलका नेताहरूसँग कुरा गरी राखेका छौँ । बहुमत बनाएपछि पनि सबै पक्षसँग छलफल गरी रहेका छौ । धेरै पटक प्रधानमन्त्री, गृहमन्त्री, अरू मन्त्रीसँग कुरा भइरहेको छ । सत्तारुढ दलका सबै शीर्ष नेताहरूसँग कुरा गरी सक्यौ’ ओलीले भने,‘प्रधानमन्त्री,गृह मन्त्री सहित सबैले बन्दीलाई तुरुन्त छोडिन्छ मुद्दा फिर्ता लिन्छ भन्ने जवाफ पाइन्छ । अदालतले पक्राउ पुर्जी जारी गर्छ ।’  सरकारले कुनै निर्णय गर्न नसक्दा तीन बुँदे कार्यान्वयन नहुनुले अदालत आफ्नै तरिकाले अघि बढेको हो कि भन्ने आशङ्का पैदा भएको ओलीले बताए ।

आफूहरूलाई पक्राउ गर्ने वा नगर्ने विषय न्यायिक हो कि होइन भन्ने कुराले निर्धारण गर्ने बताए । ‘हामीसँग हिजो तीन बुँदे सहमति राज्यले किन गरेको हो ? आज बन्दी रिहा र मुद्दा फिर्ता नलिने काम किन भइरहेको  छ ?,’ ओलीले भने, ‘यसमा नागरिक समाज,मानव अधिकारवादी,बुद्धिजीवीले सोच्नुपर्ने कुरा हो । हामी चुप लागेर बस्दैनौ ।’ आफूहरु शान्तिपूर्ण राजनीतिमा आएपछि सरकारले प्रतिबन्ध फुकुवा गर्ने बन्दी रिहा गर्ने र झुटा मुद्दा खारेज गर्नुपर्नेमा आलटाल गरेको भन्दै ओलीले आपत्ति जनाए ।

‘राजबन्दी रिहा भएका छैनन् ।  ‘देशैभर अदालतमा मुद्दै मुद्दा छन् । सर्वोच्च निकायबाट प्रक्रिया अघि बढाउनु पर्ने हो भएको छैन । सरकारको नालायकीपन हो ’ उनले भने, ‘विपक्ष पार्टी र सरकारमा भएका पार्टीहरूले विरोध गरी राखेका छन् । प्रहरीले पक्राउ गर्छौ भनिराखेका छन् । यो राजनीति सहमतिको उल्लंघन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप