सप्तकोशीमा बाढीको बबन्डर : उदयपुरका ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारियो
अविरल वर्षापछि सप्तकोशीमा आएको बाढीको कटानबाट प्रभावित ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटबाट सप्तकोशी नदीको भँगालो बस्तीमा पसेको छ ।
५० मिटर लामो बाँध भत्काएर पसेको बाढी अहिले बेलका नगरपालिका–३ स्थित भाटेपुलमा पुगेको छ । नदी कटानका कारण प्रभावित ९ सय घरधुरीलाई सारेर सुरक्षित ठाउँतर्फ पठाएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । स्थानीय प्रशासनका अनुसार सप्तकोशी बस्तीमा पस्दा करिब ४ हजार मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर–८, ९, १ र २ का स्थानीय प्रभावित भएका छन् । करिब १५ सय मानिसलाई तत्काल सुरक्षित ठाउँमा सानु पर्ने स्थानीय प्रशासनको निष्कर्ष छ । प्रदेश–१ का भौतिक योजना तथा निर्माणमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र डीआईजी सुदिप गिरी उदयपुर पुगेका छन् । भाटेपुल हुँदै बाढी वडा नम्बर–२ स्थित गिबेरी टोलतर्फ लागेको छ ।
स्थानीय प्रशासनले गिबेरी टोलमा पनि सुरक्षाकर्मी परिचालन गरेको छ । विस्थापित परिवार अहिले आफन्तकहाँ बसेका छन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई सुरक्षित वासको व्यवस्था गरिने एसपी बोहराले जानकारी दिए ।बाढी प्रभावितको उद्धार तथा राहतलाई व्यवस्थित गर्ने बारेमा सरोकारवाला पक्षहरू बिचमा छलफल जारी रहेको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण