सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्तनपानले शिशुको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका खेल्छः मन्त्री लामा

बुधबार, १८ साउन २०७९, १२ : ३५
बुधबार, १८ साउन २०७९

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‘विश्व स्तनपान सप्‍ताह २०२२’ को सन्दर्भ पारेर मन्त्री लामाले बुधबार एक स्वास्थ्य सन्देश जारी गर्दै सरकारले स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्यले राखेर महत्वपूर्ण रुपमा लिएको बताएका हुन् ।

‘अगष्ट १ देखि ७ सम्म नेपालमा पनि मनाइँदैछ । नेपालमा पनि स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्यले राखिएको छ र यसलाई नेपाल सरकारले धेरै महत्वपूर्ण रुपमा लिएको छ । स्तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्छ । विश्व स्तनपान सप्ताहको अवसरमा स्तनपानका फाइदाहरूबारे जनचेतना फैलाउन र स्तनपानका फाइदाहरूबारे चेतनाका कार्यक्रम आयोजना गरिन्छ ।’ उनले जारी गरेको स्वास्थ्य सन्देशमा भनिएको छ ।

‘विश्व स्तनपान सप्‍ताह २०२२ स्तनपानमा अग्रसर हुनका लागि ज्ञान दिऔं र समर्थन गरौं’ भन्ने नाराका साथ विश्वभर स्तनपान दिवस मनाइने उनको सन्देशमा उल्लेख छ ।

‘विश्वमा सन् २०१६ देखि विश्व स्तनपान सप्‍ताहलाई संयूक्त राष्ट्र संघको दिगो विकास लक्ष्यसँग पंक्तिवद्ध गरिएको छ । सन् २०१८ मा विश्व स्वास्थ्य सभाको प्रस्तावले विश्व स्तनपान सप्ताहलाई महत्वपूर्ण प्रवर्द्धन गर्ने रणनीतिको रुपमा समर्थन गरेको हो ।’

यस पटकको स्तनपान सप्ताह समाजका विभिन्न तहहरुमा स्तनपानको संरक्षण, प्रवर्द्धन र समर्थन गर्ने अभियन्ताहरुको क्षमतालाई अझ मजबुद बनाउनमा केन्द्रित हुने उनले जारी गरेको सन्देशमा भनिएको छ । अभियन्ताहरुले स्तनपानको लागि समर्थनको न्यानो श्रृखंला बनाउँछन् भन्ने सन्देश मार्फत् उनले विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ– ‘नेपालमा पनि केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारमार्फत स्वस्थ्य प्रणालीहरू, कार्यस्थलहरु र समूदाय लगायतमा लक्षित वर्गहरुलाई कोभिड महामारी पछिको संसारमा परिवारका लागि स्तनपान–मैत्रीवातावरण प्रदान गर्न र दिगो बनाउनको लागि उनीहरुको क्षमतालाई सुदृढ गर्न सूचित, शिक्षित र सशक्त बनाइनेछ ।’

स्तनपान कोभिड महामारी पछिको दिगो विकास रणनीतिको लागि महत्वपूर्ण छ, किनकी यसले पोषणमा सुधार गर्छ, खाद्य सुरक्षा सुनिश्चित गर्दछ र देशहरुबीच र भित्रका असमानताहरु कम गर्ने उनको सन्देशमा उल्लेख गरिएको छ ।

‘विश्व स्तनपान सप्ताह २०२२ ले विश्वको दिगो विकास २०३० अभियानको विषयगत क्षेत्र १ सँग पंक्तिवद्ध गरिएको छ । जसले स्तनपान र राम्रो पोषण, खाद्य सुरक्षा र असमानताको न्यूनिकरण बीचको सम्बन्धलाई अझ उजागर गर्दछ । नेपालमा स्वास्थ्य क्षेत्रमा लागेका समाजसेवीहरू लगायत सरोकारवालाहरु सबैलाई विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा हार्दिक शुभकामना ।’ सन्देशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप