अर्थ मन्त्रालयमा गएनन् अर्थ सचिव
बुधबार, १८ साउन २०७९, १२ : ३०

अर्थसचिव मधुकुमार मरासिनी बुधबार पनि अर्थमन्त्रालय नगइ बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रालयमा फर्केपछि उनी मन्त्रालय गएका छैनन् ।
गत शनिबार भ्रमण बिदामा पोखरा पुगेयता उनी निरन्तर विदामा बसिरहेका हुन् । सचिव मरासिनीले मंगलबार अर्थमन्त्रालयको प्रशासनमा घरायसी विदामा बसेको जानकारी गराएका थिए । जो, आज बुधबार पनि मन्त्रालय पुगेका छैनन् ।
खासगरी, चालू वर्षको बजेट निर्माण विवादित बनेपछि असार २१ गतेदेखि सचिव विदामा बसेका थिए । उनले अर्थमन्त्रीमा शर्मा रहेसम्म मन्त्रालयमा हाजिर नहुने बताएपनि शर्माले राजीनामा दिनासाथ काममा फर्किएका थिए । त्यसयता, निरन्तर काम गरेपनि शर्माको पुनः मन्त्रालयमा इन्ट्री भएसँगै विदामा बसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकाे कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन केपी ओलीलाई विद्या भण्डारीको सुझाव
-
खाना पकाउने तेलले तपाईंको स्वास्थ्यमा कस्तो पारिरहेको छ असर ?
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
रास्वपाको कार्यवाहक प्रवक्तामा झा फर्किए
-
इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीयको मृत्यु
-
मेस्सीको अनुपस्थितिमा स्वारेज चम्किएपछि इन्टर मियामीको शानदार जित