शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुला

बुधबार, १८ साउन २०७९, १२ : १८
बुधबार, १८ साउन २०७९

पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुला भएको छ ।  चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजेदेखि खुला भएको हो । 

सोमबार राती ११ बजेदेखि अवरुद्ध भएको सडकमा फसेका यात्रुहरुलाई नेपाल प्रहरीको गाडि र प्राइभेट गाडीमार्फत उद्धार गरेर जुगेडीसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रातोपाटीलाई जानकारी दिए । 

आवागमनका लागि राजमार्ग खुला भएपनि मालबाहक गाडि भने सडकमै रहेको उनले बताए । मौसमले साथ दिएमा दुईतर्फी बाटो खुला हुने तामाङले बताए । 

लेदोसहित खसेको पहिरोमा एउटा भारतीय ट्रक फसेको थियो । सडकमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ जाने क्रम सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप