बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

साउन २३ देखि मनकामना केबलकारको सेवा बन्द

बुधबार, १८ साउन २०७९, ११ : ३०
बुधबार, १८ साउन २०७९

मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द हुने भएको हो ।  एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीको भनाइ ।

 चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जाने केबलकारको स्तरोन्नतिकार्य  अष्ट्रियाका  प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ । यस अवधिभर केबलकार सेवा बन्द रहेता पनि  बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप