मकवानपुरका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध
वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गए राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरी मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको छ । उक्त सडकमा आज अपराह्नसम्ममा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।
यस्तै पहिरो जाँदा कान्ति राजपथ पनि अवरुद्ध भएको छ । हेटौंडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खा याम लागेसँगै विभिन्न स्थानमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
यसैगरी मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ । विभिन्न स्थानको पहिरो हटाइ हिजो साँझ मात्रै सञ्चालनमा ल्याइएको उक्त सडकखण्डमा गए राति फेरि पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । पहिरोका कारण मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्व र पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ जाने दिवा सेवाका बसलाई आवश्यकता हेरेर त्रिभुवन राजपथबाट काठमाडौँ जान अनुमति दिइएको छ ।
उक्त राजपथको विभिन्न सडकको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनगर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म आवश्यकता हेरेर मात्रै बस त्रिभुवन राजपथबाट सञ्चालन गर्न दिइने बताइएको छ । रात्रि सेवाको बसलाई भने उक्त सडक खण्डबाट सञ्चालन गर्न रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
-
सुकिला नोटको वितरण आजदेखि, नयाँ नोट ढुकुटीमै 'सिलप्याक'
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
-
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
-
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
-
‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध