बेपत्ता किशोरको शव फेला
बुधबार, १८ साउन २०७९, ११ : १०
झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ । गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्जवल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उज्जवल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुन धुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरालाई सुहाउँदो बुहारी बनाउन महिलाले ११ वर्षिया बालिकालाई अपहरण गरेपछि...
-
काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर
-
कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
-
एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी
-
मेरो अटो मोटर र्यालीको चौथो संस्करण ‘काठमाडौँ टु सौराहा’ आयोजना हुने
-
कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट