शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पेलोसीको ताइवान भ्रमण चिनियाँ सार्वभौमसत्तामाथि अमेरिकाको उल्लंघन : चिनियाँ विदेशमन्त्री

बुधबार, १८ साउन २०७९, ११ : ०३
बुधबार, १८ साउन २०७९

चीनको विरोधको बावजुद अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी छन् । यस कदमले ‘एक चीन नीति’ को गम्भीर रूपमा उल्लंघन गरेको छ, द्वेषपूर्ण रूपमा चीनको सार्वभौमसत्ताको उलङ्घन गरेको छ । पेलोसीको भ्रमणले स्पष्ट रूपमा राजनीतिक उत्तेजना फैलाएको छ । चिनियाँ जनताहरुमा यस घटनाप्रति घृणाबाहेक केही छैन । 

भ्रमणले फेरि एकपटक केही अमेरिकी राजनीतिज्ञहरू चीन–अमेरिका सम्बन्ध बिगार्न उद्दत् छन् भन्ने देखाएको छ । साथै यो घटनाले संयुक्त राज्य अमेरिका ताइवान स्ट्रेट वारपारको शान्ति र क्षेत्रीय स्थायित्वको ठूलो ‘विनाशक’ भएको पुष्टि गरेको छ । 

अमेरिकाले चीनको पुनः एकीकरणमा अवरोध पुर्याउने सपना पनि देख्नुहुँदैन । ताइवान चीनकै भूगोल हो । चीनको पूर्ण पुनः एकीकरण इतिहासको अपरिहार्यता हो । हामी ‘ताइवान स्वतन्त्रता’ शक्ति र बाह्य हस्तक्षेपको लागि कुनै ठाउँ छोड्ने छैनौं ।

संयुक्त राज्य अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ शक्तिलाई जति सहयोग गरे पनि उसको केही लाग्दैन । अमेरिकाले इतिहासमा अन्य देशको आन्तरिक मामिलामा गम्भिर हस्तक्षेप गरेको कुरूप इतिहासमा थप नयाँ रेकर्ड मात्र छोड्नेछ ।
चीन कमजोर र अराजकमा फसेको समयमा ताइवान समस्या उत्पन्न भएको थियो र राष्ट्रिय सशक्तीकरणसँगै यसको अन्त्य हुनेछ । अमेरिकाले चीनको विकास र पुनरुत्थानलाई कमजोर बनाउने स्वैरकल्पना गर्नु हुँदैन । चीनले आफ्नो राष्ट्रिय परिस्थितिअनुसार विकासको उपयुक्त बाटो पहिल्याएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा १ अर्ब ४० करोड चिनियाँ जनता चिनियाँ विशेषतायुक्त आधुनिकीकरणतर्फ अघि बढिरहेका छन् । हामी हाम्रो देश र राष्ट्रको विकास आफ्नै बलको आधारमा अघि बढाउछौं र अन्य मुलुकहरूसँग शान्तिपूर्ण रूपमा सह अस्तित्वमा रहन र मिलेर विकास गर्न इच्छुक छौं । तर हामी कुनै पनि देशलाई  चीनको स्थायित्व र विकासलाई कमजोर पार्ने अनुमति दिने छैनौं ।

ताइवान प्रश्नलाई गिजोल्न खोज्नु खासमा चीनको विकासलाई सुस्त बनाउने र चीनको शान्तिपूर्ण उदयलाई कमजोर पार्ने प्रयास हो । यो प्रयास पूर्ण रूपमा असफल हुनेछ । संयुक्त राज्य अमेरिकाले भूराजनीतिक खेल खेल्ने कल्पना नगरे हुन्छ । शान्ति, स्थायित्व, विकास र सबैको हितका लागि सहकार्य क्षेत्रीय राष्ट्रहरूको साझा आकांक्षा हो । 

संयुक्त राज्य अमेरिकाले उसको क्षेत्रीय रणनीतिमा ताइवान प्रश्न भित्र्याएर तनाव बढाउने र टकरावलाई निम्तो दिएको छ । यो खतरनाक र मूर्खतापूर्ण कदम क्षेत्रीय विकास प्रवृत्तिविरुद्ध छ र एसिया–प्रशान्त क्षेत्रका जनताको आम अपेक्षा विपरीत गएको छ ।

एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धलाई नियमन गर्ने आधारभूत नियम र दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अभिन्न अंग बनिसकेको छ । अमेरिकाले संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरू उल्लंघन गर्न तुरुन्तै बन्द गर्नु पर्छ र एशिया–प्रशान्त क्षेत्रलाई बाधा पुर्याउन ‘ताइवान कार्ड’ खेल्न छाड्नुपर्छ । 

संयुक्त राज्यले स्वेच्छाका भरमा तथ्यहरू तोडमोड गर्न छाड्नुपर्छ । अमेरिकी पक्षले चीनले परिस्थितिलाई बढाई चढाई गरेको दाबी गरेको छ । तर अमेरिकाले नै सुरुमा ताइवान प्रश्न उठाएर चीनलाई उक्साएको हो र यस क्रममा उसले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता स्पष्ट उल्लंघन गरेको छ ।

अमेरिकाले विगतमा पनि अमेरिकी सदनका सभामुखले ताइवान भ्रमण गरेको नजिर रहेको बताएको छ । तर विगतका गल्ती पुन त्यसलाई दोहोर्याउने बहाना हुन सक्दैन ।  अमेरिकाले शक्ति पृथकीकरणका कारण काँग्रेसकी सभामुखलाई रोक्न नसक्ने दाबी गरेको छ । तर अमेरिकाले अन्तर्राष्ट्रिय कानून अनुरुप आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ र उसका हरेक राजनीतिज्ञहरूले यसको उल्लंघन गर्न हुँदैन ।

 अमेरिकाले चीनको पुनः एकीकरणको प्रयास ताइवानलाई दिइने ‘धम्की’ को रुपमा व्याख्या गर्ने गरेको छ । तर आधारभूत कुरा के हो भने ताइवान चीनको अविभाज्य भाग हो र ताइवान प्रश्न विशुद्ध रूपमा चीनको आन्तरिक विषय हो । चीनले क्षेत्रीय अखण्डतालाई समर्थन गर्दै र अलगावको विरोध गर्नु कानूनसम्मत र जायज छ ।

म ताइवान स्ट्रेट वारपार शान्ति र स्थिरताको लागि ‘एक चीन नीति’ प्रमुख स्थिरता बल हो भन्ने कुरामा जोड दिन चाहन्छु । ‘तीन चीन–अमेरिका कम्यूनिकेशन’ चीन र अमेरिकाबीचको शान्तिपूर्ण सह अस्तित्वको आधार हुनेछ । 
‘स्वतन्त्रता’को लागि अमेरिकाको शरण लिनु व्यर्थको प्रयास हो र ताइवान प्रश्न चीनलाई नियन्त्रण गर्न प्रयोग गर्ने प्रयासहरू असफलता हुने निश्चित छ । 

राष्ट्रिय एकताको महान उद्देश्यका सामु चिनिया जनतासँग भ्रममा नबहकिने वा खराबसँग भयभित नहुने साहस छ । चिनियाँ जनताहरुमा कहिल्यै नदबिने आकांक्षा, एकतावद्ध हुने महत्वाकांक्षा, देशको सार्वभौमसत्ता र राष्ट्रियता दृढ क्षमता छ । –सिन्ह्वाबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप