बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका लागि चिनियाँ राजदूतले पेलोसीको भ्रमणमा भने, ‘आगोसँग खेल्नेहरु खरानी हुन्छन्’

बुधबार, १८ साउन २०७९, १० : ५८
बुधबार, १८ साउन २०७९

अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले कांग्रेस सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कडा विरोध गरेका छन् ।​ पेलोसीको भ्रमणले चीन–अमेरिका सम्बन्धमा असर पर्ने भन्दै गाङले ह्वाइट गाउस नेसन सेक्युरिटी काउन्सिल र अमेरिकी विदेश मन्त्रालयमा विरोध गरेका छन् ।

उनले भने, ‘चिनियाँ पक्षको गहिरो चिन्तालाई वास्ता नगरी, अमेरिकी सभामुख न्यान्सी पेलोसीले आज चीनको ताइवान क्षेत्रको भ्रमण गरिन् । यो ‘एक चीन नीति र अमेरिकासँगको तीन सम्झौताको उल्लङ्घन हो ।’

‘पेलोसीको भ्रमणले चीन-अमेरिका सम्बन्धको जगमा गम्भीर परिणाम ल्याउनेछ । यो भ्रमण चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लङ्घन हो । यसले ताइवान क्षेत्रको शान्ति र स्थिरतालाई गम्भीर रूपमा असर गर्नेछ र ताइवानको स्वतन्त्रताको रक्षा गर्ने पृथकतावादीहरूलाई यसले गलत सन्देश पुर्याउनेछ । यो भ्रमणले धेरै नराम्रो प्रभाव देखिनेछ । चीन यसको कडा निन्दा गर्दछ ।’

चिनियाँ राजदूतले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले सधैं आफ्नो ‘एक चीन नीति’ कहिल्यै परिवर्तन नहुने र ‘ताइवानको स्वतन्त्रता’ लाई समर्थन नदिने बताउँदै आएको छ ।  अहिले अमेरिकी सरकारका शीर्ष नेताहरूको सूचीको तेस्रो स्थानमा पर्ने न्यान्सी पेलोसी चीनलाई उक्साउन ताइवानको भ्रमणमा छिन् ।’

चिङले अमेरिका आफ्नो वाचाबाट पछि हटेको आरोप लगाएका छन् र चेतावनीयुक्त लवजमा भनेका छन्, ‘आगोसँग खेल्नेहरु खरानी हुन्छन् ।’

चीनले अमेरिकाले आफूमाथि नियन्त्रण गर्न ‘ताइवान कार्ड’ को प्रयोग बन्द गर्न र तत्काल आफ्नो गल्ती सुधार्न भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप