शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजधानीमा एकसाथ दुई नाटक मञ्चन

बुधबार, १८ साउन २०७९, १० : ५५
बुधबार, १८ साउन २०७९

राजधानीमा ‘ओभरकोट’ र ‘द गड अफ स्मल थिङ्स’ नामक दुई नाटक मञ्चन भएको छ । पेप्सीकोलामा अवस्थित पाणिनी स्कुलका विद्यार्थीहरुले यो नाटक मञ्चन भएको हो । निकोलाई गोग्गोलद्वारा लिखित ओभरकोट प्रवीण खड्गीले नाटकमा रुपान्तरण गर्दै निर्देशन गरेका हुन् ।

एक दिन मात्र मञ्चन भएको यो नाटकमा एक गरिव मान्छेको कथा वरिपरी घुमाइएको थियो । नाटकमा गरिव मुलका अकाकी पात्रले कोट किन्न नसक्दाको अवस्था र किने पछिको परिणामलाई देखाउन खोजिएको छ ।

यो नाटकमा आर्थिक कमजोर भएको अकाकीलाई कोट लगाउन मन पर्छ । तर, उसँग कोट किन्न कहिलै पैसा हुँदैन । पैसाको अभावका बीच उसको कोट लगाउने इच्छा कहिलै मर्दैन । उनले बल्ल बल्ल एउटा कोटको कपडा किन्छ । तर, सिलाउनका लागि पैसा हुँदैन । पैसाको अभावैअभावमा गुज्रिएको अकाकीले कोट सिलाउनका लागि टेलरमा दिन्छ ।

उनलाई टेलरका मालिक पित्रुबिजले उसको लागि राम्रो कोट सिलाइदिन्छ । उसले कोट सिलाएको रात नै उसको कोट लुटिन्छ र अकाकीलाई पनि कुटिन्छ । उसको कुटाई कै कारण प्राण जान्छ । यो नाटकले दर्शकलाई निकै भावुक बनाएको थियो । निर्देशक खड्गीले स्कुलका विद्यार्थीहरुलाई इच्छा चाहाना पुरा गर्नका लागि यो नाटकले मेहनत गर्न सन्देश दिने बताए । उनले भने, ‘आफुले चाहेको कुरा पुरा गर्न समय लाग्छ तर,संघर्ष गर्नुपर्छ भन्ने सन्देश दिनेछ र बालबालिकामा परिवर्तन आउने छ भन्ने विश्वास लिएको छु ।’

नाटकमा सुशान्त बस्नेत, सम्राट खनाल, अशिष्मा भट्टराई, अपेक्षा कार्की, प्राप्ति शर्मा, उज्जवल बस्नेत, सम्भव पराजुली, अभि दंगाल, इशानी खनाल, सम्बृद्धि गौमत, रिजन खड्का, आरोग्य अधिकारी, मायक ढुङ्गेलले अभिनय छ ।

त्यस्तै यहि समुहले अरुन्धत्ती रोयद्वारा लिखित ‘द गड अफ स्मल थिङ्स’ कथामा नाटक मञ्चन गरेको छ । ‘ओभरकोट’ नाटक मञ्चन पछि यो नाटक देखाइएको थियो । यो नाटकमा मान्छेहरूबीच जात, धर्म र राजनीतिले कसरी विभेद गर्दछ भन्ने भाव प्रस्तुत गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप