शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीमा कटान : हेलिकप्टर स्ट्याण्डबाई राख्न गृहमन्त्रीको निर्देशन

बुधबार, १८ साउन २०७९, १० : ४४
बुधबार, १८ साउन २०७९

सप्तकोशीको कटान प्रभावितलाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।  उदयपुरको बेलका नगरपालिका वडा नम्बर–१, २, ८ र ९ मा सप्तकोशीले कटान शुरु गरेको छ । कोशीको भंगालो बस्तीमा पसेपछि सो क्षेत्रका बासिन्दालाई सरकारले हटाउन थालेको छ । 

गृहमन्त्री बालकृष्ण खाणले सेनालाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । सैनिक रथी बालकृष्ण कार्कीलाई टेलिफोन गरेर खाणले कोशीको कटान तत्काल रोकिने अवस्था नदेखिएको भन्दै कटान प्रभावितलाई राहत र स्थान्तरणका लागी तयार रहन निर्देश गरेका हुन् । सप्तकोशी कटानका कारण २ हजार चार सय घर परिवार प्रभावित भएका छन् । उनीहरुलाई त्यहाँबाट स्थानान्तरणको प्रयास भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप