सप्तकोशीमा कटान : हेलिकप्टर स्ट्याण्डबाई राख्न गृहमन्त्रीको निर्देशन
बुधबार, १८ साउन २०७९, १० : ४४
सप्तकोशीको कटान प्रभावितलाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर–१, २, ८ र ९ मा सप्तकोशीले कटान शुरु गरेको छ । कोशीको भंगालो बस्तीमा पसेपछि सो क्षेत्रका बासिन्दालाई सरकारले हटाउन थालेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले सेनालाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । सैनिक रथी बालकृष्ण कार्कीलाई टेलिफोन गरेर खाणले कोशीको कटान तत्काल रोकिने अवस्था नदेखिएको भन्दै कटान प्रभावितलाई राहत र स्थान्तरणका लागी तयार रहन निर्देश गरेका हुन् । सप्तकोशी कटानका कारण २ हजार चार सय घर परिवार प्रभावित भएका छन् । उनीहरुलाई त्यहाँबाट स्थानान्तरणको प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण