बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

संघीयता अनिवार्य छः सभामुख घर्ती

बुधबार, १८ साउन २०७९, १० : ४२
बुधबार, १८ साउन २०७९

लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएको बताएका छन् ।  उनले संघीयताको आवश्यकता मात्रै नभएर अनिवार्यता नै भएको बताए । रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरु एकैठाउँमा हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘संघीयता आम नेपाली आमाका सन्तानहरुको बलिदान, राजनीतिक दलहरूको साझा आन्दोलनबाट आएको हो त्यसैले संघीयता नयाँ शासन पद्धतिका भएकाले आवश्यकता छ, संघीयता विरोधीहरुले नै खारेज गर्न खोजेका छन् तर ति शक्तिको विरुद्धमा सबैले सचेत हुनुपर्दछ ।’  

उनले विगतको परिवर्तनको आन्दोलनका कारणले  समावेशी, समानुपातिक, सम्पूर्ण विभेदको अन्त्यका लागि अगाडि बढेकोले प्रणाली खराव नभएको तर प्रणालीमा रहेका मानिसहरुको कारणले गर्दा नै असफल हुने बताए । 

उनले संघीय संरचनामा पहिलो पटक अभ्यास भएकाले गर्दा आफूहरुले आधारभूत रुपमा कार्य कानून निर्माण, अन्य कार्य सम्पादनमा पनि गरी सकेको बताए । उनले लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशनसम्म आइपुग्दा  ८२ वटा विधेयकहरु दर्ता भएका र ७२ वटा विधेयक पारित भएको बताए । 
    
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, मुख्यमन्त्रीका प्रेस संयोजक एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर लगायत सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप