मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नान्सी पोलेसीको ताइवान भ्रमण एक चीन नीतिको उल्लंघन : नेकपा माले

बुधबार, १८ साउन २०७९, १० : ३७
बुधबार, १८ साउन २०७९

नेकपा मालेका महासचिव सीपी मैनालीले अमेरिकी सभामुख नान्सी पोलेसीले चीनको विरोध हुँदाहुँदै चीन​को अभिन्न क्षेत्र ताइवान भ्रमण गर्नु अमेरिका आफैले स्वीकारेको ‘एक चीन नीति’को उल्लङ्घन भएको बताएका छन् । 
महासचिव मैनालीले बुधबार विज्ञप्ति जारी गर्दै चीनको संप्रभूतामाथि समेत प्रहार गर्ने अमेरिकी नीतिको विरोध गरेका हुन् । 

पोलेसी मंगलबार ताइवानको ताइपेई पुगेकी थिइन् । महासचिव मैनालीले पोलेसीको भ्रमणबारे भनेका छन्, ‘यो निहुँ खोजेर चीनलाई उत्तेजित पार्ने अमेरिकी बाइडेन सरकारको दादागिरी हो, यसले राम्रो परिणाम दिँदैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप