शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन्दीप बीबीएलको ड्राफ्टमा

बुधबार, १८ साउन २०७९, १० : ३४
बुधबार, १८ साउन २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।  बुधबार सार्वजनिक गरेको १२ औं संस्करणको ड्राफ्टमा सन्दीप परेको बीबीएलले जनाएको छ ।

बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । उक्त ड्राफ्ट पहिले नै सन्दीपको क्लबले उनलाई रिटर्न गर्न पनि सक्ने छ ।

सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् । सन्दीप पछिल्लो दुई संस्करण होर्बाट हरिकेन्सबाट खेलेका थिए । सन्दीप बीबीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप