पेलोसीको भ्रमणअघि अमेरिकाले ताइवान नजिक राखेको थियो चार शक्तिशाली युद्धपोत
अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणअघि अमेरिकी सेनाले उनको सुरक्षाको बलियो तयारी गरेको पाइएको छ । अमेरिकी नौ सेनाले चार अमेरिकी युद्धपोतहरु ताइवान पूर्वको समुन्द्रमा तैनाथ गरेको र तीमध्ये एक युद्ध विमानहरु बोक्ने क्षमताको भएको स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।
अमेरिकाको नौसेनाले भने यी युद्धपोतको अवस्थितिलाई नियमित तैनाथी भनेको छ । तर एकै पटक चार युद्धपोतहरुको एउटै क्षेत्रमा तैनाथी हुनुलाई सामान्य मान्न सकिदैन । युएसएस रोनाल्ड रेगन नामक युद्धपोत साउथ चाइना सी हुदै ताइवान पूर्वको फिलिपिन्स सागरमा लगिएको अमेरिकी नौसेनाका एक अधिकारीले मंगलबार रोयर्टसलाई बताए ।
युएसएस रोनाल्ड रेगन निर्देशित मिसाइल क्रुजर युएसएस एन्टेईटम र डिट्रोयटर युएसएस हिगिन्ससँग परिचालित हुन्छ । अर्का नौसेना अधिकारीले युद्धपोतको सटिक अवस्थिति नबताए पनि युएसएस ट्रिपोली पनि सोही क्षेत्रमा रहेको बताए ।
पेलोसीको भ्रमणविरुद्ध चीनले नियमित रुपमा चर्को विरोध गरेको सन्दर्भमा अमेरिकाले चीनलाई कुनै आक्रमक कारबाही गरे आफू तयार रहेको सन्देश दिन जहाज पठाएको हुनसक्ने विश्लेषण गरिँदैछ । उता पेलोसी ताइवान भ्रमणमा जाने चर्चा चलेसँगै चीनले पनि उसका युद्धविमानहरुलाई नियमित रुपमा ताइवान नजिक उडाउन थालेको थियो ।
मंगलबार नै तीन चिनियाँ युद्धपोतहरु पनि ताइवान पूर्वको समुन्द्रमा युद्ध अभ्यासमा तैनाथ भएको स्रोतले बताएको थियो । जापानी रक्षा फौजका अनुसार चिनियाँ जहाजहरू जापानका दक्षिण टापु हुँदै अघि बढ्दा पहिचान भएको बताएका छन् ।
केही क्षेत्रीय सैन्य विश्लेषकहरुले तनावको समयमा दुई प्रतिद्वन्द्वी पक्षको युद्धपोत एउटै समुद्री क्षेत्रमा तैनाथ हुँदा वास्तविक द्वन्द नचाहेको अवस्थामा पनि दुर्घटनाको जोखिम हुने बताएका छन् ।
मंगलबार साँझ ताईवानको राजधानी ताईपेई उत्रिएकी पेलोसी सन् १९९७ पछि ताईवान उत्रिने सबैभन्दा उच्च पदास्थ अमेरिकी अधिकारी हुन् ।
अमेरिकी सरकारी वरियतामा पेलोसी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसपछि तेस्रो स्थानमा छिन् । यसअघि सन् १९९७ मा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्चरिच ताइवान गएका थिए । त्यस समय चीन विश्वमा अहिलेजस्तो प्रभावशाली मुलुक मानिँदैनथ्यो ।
चीनको अर्थतन्त्र (कुल ग्राहस्थ उत्पादन) पछिल्लो २५ वर्षको अवधिमा २० गुणाले बढिसकेको छ । उसको सैन्य तागत पनि निक्कै बढिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य