शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

बुधबार, १८ साउन २०७९, ०८ : १३
बुधबार, १८ साउन २०७९

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजे सो स्थानमा पहिरो खसेको थियो । 

लेदोसहित खसेको पहिरोमा एक भारतिय ट्रक  फसेको छ । ट्रकमा रहेका यात्रुहरूको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरो खस्दा यात्रामा रहेका यात्रुहरु अलपत्र परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप